रोयल इनफिल्ड क्लासिकको नयाँ मोडलको मोटरसाइकल बजारमा

Advertisement

काठमाडौं । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो मोडलको नयाँ मोटरसाईकल सार्वजनिक गरेको हो ।

खैरो रङमा सजिएको त्यस मोटरसाइकलको मूल्य पाँच लाख १५ हजार तोकिएको छ । नेपाली युवाहरुको सपनालाई पूरा गर्न यो नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याइएको र यसको मूल्य चालू आर्थिक वर्ष सम्पन्न भएसँगै केही बढने विवेक अटोमोवाईल्स प्रालिका प्रमुख विवेक दुगडले जानकारी दिए ।

कम्पनीले आजैबाट देशका विभिन्न भागमा रहेका १९ वटा शाखामार्फत् त्यस मोडलका मोटरसाइकलको बिक्री वितरण खुला गरिएको पनि जनाएको छ । अत्याधुनिक प्रविधियुक्त भनिएको यो मोटरसाइकल सुरक्षित र भरपर्दो हुने कम्पनीको दाबी रहेको छ ।

Advertisement

Advertisement

Advertisement