चीनले व्‍यापारिक प्रयोजनका लागि फाइभजी प्रविधि ल्‍याउँदै

Advertisement

चीन । चीनले चाँड नै फाइभजीको लाइलेन्सलाई व्‍यापारिक प्रयोजनमा ल्‍याउने भएका छन्। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार उसले फाइभ जीलाई चाँडै नै प्रतिपर्धात्मक बजारमा उतार्ने तयारी गरिरहेको चिनिया सञ्‍चार माध्‍यम सिह्नवाले उल्लेख गरेको छ।

सिन्ह्वाका अनुसार चीनले फाइभ जीलाई स्वतन्त्र र इन्नोभेसन लागि खोलिनेछ भने अन्तराष्ट्रिय रुपमै उद्योगहरुलाई प्‍याटेन्ट राइट प्रदान गरेका छन

त्यसका लागि चीनले विदेशी इन्टरप्राइजेज नोकिया, इरिक्सन, क्वालकम र इन्टेललाई प्रत्‍यक्ष रुपमा सहभागी गराइ प्रविधिको परीक्षण गराउनेछन्। यसका साथै उद्योग मन्त्रालयले फाइभजीको व्‍यावसायिक प्रयोगमा आउन आग्रह गरेको छ।

उसले भनेको छ, ‘ चीन सधै र सदैव अन्तराष्ट्रिय इन्टरप्राइजेजहरुलाई सक्रिय रुपमा सहभागी हुन र फाइभजीलाई विकास, विस्तार र पहुँचमा पुर्‍याउन आग्रह गर्दछ।’

के हो फाइजी टेक्नोलोजी ?

फाइभजीको अर्थ हो टेलिकम जगतको पाँचौं पुस्ता जसले अघिल्लो संस्करण अर्थात् फोरजीको तुलनामा इन्टरनेट स्पीड र अन्य थुप्रै कुराहरुमा अग्रसर भएर काम फत्ते गराउन मद्दत गर्छ।यसले प्रविधिको पहुँच र प्रक्रियालाई निमेषभरमै उपभोक्ताकहाँ पुर्‍याइदिन्छ।

फाइजीका फाइदा के के ?

फाइभजीले राम्रो नेटवर्क कभरेज भएको क्षेत्रमा १ जीबीपीएससम्मको इन्टरनेट स्पिड प्रदान गर्न सक्नेछ। उदाहरणका लागि तुलना गर्ने हो भने हालै नेपाल टेलिकमले प्रदान गर्ने फोरजीको स्पीड हो ३० एमबीपीएस। तर जब फाइबजी आउँछ, यसले फोरजीजीभन्दा ३० गुणा बढी स्पीडमा इन्टरनेट उपलब्ध हुनेछ।

कम लेटेंसी
यस्तै फाइभजीले सर्भर र प्रयोगकर्ता बीचको संचारमा हुने ढिलाइलाई लेटेंसी मार्फत मापन गरिन्छ। जति कम लेटेंसी(त्यति नै राम्रो नेटवर्क। फाइभजीको लेटेंसी १ मिलिसेकेन्डसम्म कम गर्न सकिन्छ। अर्थात फोरजीको लेटेंसी ५० मिलिसेकेन्डको भए फाइभजीभन्दा ५० गुणा धेरै कम हुन्छ।

उच्च सिस्टम क्षमता
फाइभजीको सहयोगबाट टेलिकमले कुनै पनि क्षेत्रमा धेरै मात्रामा उपकरणहरुसँग सञ्‍चार गर्न पाउने छ। एक किलोमिटर स्क्वायर क्षेत्रफलमा मात्रै पनि १० लाख वटा उपकरणहरु चल्न सक्नेछन्।यही कारणले नै गर्दा फाइभजीले इन्टरनेट वफ थिङ्स ९आइओटी०अर्थात् उपकरणहरुको इन्टरनेटमा विकास गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

तर बेफाइदा के ?

सबैभन्दा पहिलो बेफाइदा हो मूल्य को फाइभजी नयाँ प्रविधि भएका कारणले पनि यो प्रविधिलाई सपोर्ट गर्ने उपकरणहरु सस्ता हुने छैनन्। टेलिकमका लागि पनि फाइभजी स्थापना गर्नु र सम्भार गर्नु पनि निकै खर्चिलो हुनेछ। स्मार्टफोन निर्मातालाई आफ्नो स्मार्टफोनमा पनि फाइभजी मोडम खरिद गरेर हाल्न खर्चिलो पर्नेछ।

कम कभरेज 
उच्च स्पिडसँग जोडिएर आउने बेफाइदा हो नेटवर्क कभरेजको।फाइभजीको स्पिड निकै बढी छ तर फाइभजीका टावरले थ्रीजी र फोरजी जतिको क्षेत्रफलमा नेटवर्क उपलब्ध गराउन सक्ने छैन। त्‍यसका लागि छुट्टै टावर स्थापना गर्नु पर्ने हुन्छ।

Advertisement

Advertisement

Advertisement