एक साता भित्रै नेपाल–चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण सकिने

Advertisement

रसुवा । विसं २०७२ को भूकम्प र २०७३ असारको बाढी तथा सुख्खा पहिरोले क्षतिग्रस्त नेपाल–चीन जोड्ने मितेरी पुलको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन मितेरी पुलको पुनर्निर्माण यही सातमा सकिने भएको छ। गत कात्तिकबाट चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेको थियो।

नेपाल चीन जोड्ने मितेरी पुल यो महिनाभित्र निर्माण सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ। पुल निर्माण सकिएपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरिने छ। ६ महिनामा निर्माण सम्पन्न गर्ने योजना रहेको पुलमा अहिले रेलिङ हाल्ने तथा फिनिसिङको काम भइरहेको छ।

मितेरी पुलको निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने र चीन सरकारको वान बेल्ट वान रोडको अवधारणामा सयोग पुग्ने विश्वास गरिएको छ।

Advertisement

Advertisement

Advertisement