ब्रेक्जिटपछि अमेरिका र बेलायतबीच अर्थपूर्ण व्यापारिक सम्झौता हुनेछः ट्रम्प

Advertisement

अमेरिका । बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत यूरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ व्यापार सम्झौता गर्ने बताएका छन्। उनले बेलायती प्रधानमन्त्री टरिजा मेसँग मंगलबार भएको भेटमा उक्त कुरा बताएका हुन्।

अमेरिकी राष्ट्रपतिले ब्रेक्जिट प्रक्रियालाई अगाडि बढाउने क्रममा मिलेको असफलतासँगै राजीनामाको घोषणा गरेकी बेलायती प्रधानमन्त्री मेसँग उच्च व्यवसायी तथा मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने, ‘मलाई लाग्छ अमेरिका र बेलायतबीच निकै अर्थपूर्ण व्यापार सम्झौता हुनु जरूरी छ, जुन निकै स्वच्छ तथा स्पष्ट सम्झौता हुनेछ।‘ ट्रम्पले थपे, ‘हामीले सम्झौता गरेर नै छाड्नेछौँ।‘

बेलायतमा प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौतालाई अनुमोदन गराउने पहललाई संसदले पटक पटक अस्वीकार गरेपछि मेले प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेकी थिइन। यसबारे अमेरिकी राष्ट्रपतिले भने प्रधानमन्त्री मेले ‘असाधारण कार्य’ गरिरहेको प्रतिक्रिया दिएका थिए। अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणको त्यहाँका विभिन्न सहरहरूमा विरोध भइरहेको छ।

Advertisement

Advertisement

Advertisement