सडकमा उत्रिए निर्माण व्यवसायी, देशभरका निर्माण कार्य ठप्प

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियामावली छैठौ संशोधनको विरोधमा राजधानीमा विरोध र्‍याली निकालेको छ। सरकारले आयोजना ठेक्का समयअवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्था सहित नियमावली संशोधन गरेपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन्।

ठेक्का लिएर समयमा काम नगर्ने प्रवृति बढेपछि सरकारले त्यसमा कडाई गर्दै नियमावलि संशोधन गरेको हो। तर व्यवसायीहरु भने पछिल्लो प्रावधानले आफुहरुको व्यवसाय ठप्प हुनुको साथै निर्माण उद्योग क्षेत्रको आर्थिक गतिविधि नै ध्वस्त हुने दाबी गर्दै आएका छन्। नियमावलीको संशोधित प्रावधान अनुसार तोकिएको समय र थप गरिएको ५० प्रतिशतको समयमा पनि आयोजना सम्पन्न नगर्ने ठेकेदार कम्पनी सोझै कालोसूचीमा जाने र त्यस्ता कम्पनीले नया प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

महासंघका अध्यक्ष रवि सिंहले मुलुकभर एक हजार आठ सय भन्दा बढी आयोजनाको ५० प्रतिशत म्याद थप भईसकेकाले ती सबै कालोसूचीमा जाने र ठेक्का तोडिने अवस्था श्रृजना हुंदा सिंगो व्यवसाय प्रभावित हुने दाबी गरे।

Advertisement

Advertisement

Advertisement