पेट्रोलको मूल्य घट्‍यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले बुधवार मध्ये रातबाट लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा एक रुपियाँ घटाइएको छ। जसअनुसार अब पेट्रोल एक लिटरको एक सय १० रुपियाँ पर्नेछ। अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलबाहेक अन्यको मूल्य यथावत नै राखिएको छ । मूल्य समायोजनपछि हुने पाक्षिक नाफा भने निगमले सार्वजनिक गरेको छैन। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक मर्मतसम्भारको प्रयोजनार्थ पेट्रोलियम पदार्थबाट प्रतिलिटर एक रुपियाँ कर उठाउने निर्णय लिएसँगै जेठ १५ गते आयल निगमले मूल्य बढाएको थियो।

Advertisement

Advertisement

Advertisement