नमुना बालविद्यालय ‘कखरा प्रिस्कुल’, जहाँको विशेषता नै फरक छ

Advertisement

काठमाडौं । शहरी जीवनयापनमा दिन प्रतिदिन व्यस्तता बढ्दो छ । सँगसँगै सबैलाई आफ्ना कलिला बालबालिकाको राम्रो रेखदेख, खानपान, उनीहरुमा अध्ययनको बानी पनि विकास गर्नु छ । अभिभावकको यो आवश्यकता र चाहनालाई सम्बोधन गर्ने कुरामा सफल र नमुना बनेको छ ‘कखरा प्रिस्कुल’ले ।

लोकन्थलीको मनहरा टाउन प्लानिङमा सञ्चालित ‘कखरा प्रिस्कुल’ पछिल्लो समयमा फरक विशेषतासहितको नमुना मन्टेश्वरी विद्यालयको रुपमा उदाहरण बन्न थालेको छ । दुई बर्ष अघि सञ्चालनमा आएको ‘कखरा प्रिस्कुल’ कुनै विदेशी मन्टेश्वरीको फ्रान्चाइज भने होइन् । यद्यपि यहाँको व्यवस्थापन र सञ्चालन त्यस्ता फ्रान्चाइजभन्दा राम्रो छ ।

‘कखरा प्रिस्कुल’का निर्देशक उमानाथ निरौला भन्छन्– मन्टेश्वरी सञ्चालनसम्वन्धी अन्तर्राष्ट्रिय प्रयोगहरुका राम्रा पक्ष र नेपाली मौलिकतालाई समेत समिश्रण गरेर फरक तरिकाले प्रिस्कुल सञ्चालन गरेकाले छोटो समयमा पहिचान बनाउन सजिलो भएको हो । अभिभावकहरु पनि खुसी र सन्तुष्ट हुनुहुन्छ ।’

कखरामा मन्टेश्वरी सञ्चालनकै लागि भनेर विद्यालय संरचना निर्माणदेखि सोही अनुसारका कक्षा कोठा, खेल मैदान, खेल सामग्री, पाठ्य सामग्री जस्ता कुराहरुको व्यवस्था गरिएको छ । धेरै मन्टेश्वरीहरु आवासीय घरमा सञ्चालित देखिन्छन्, जुन बालमैत्री हुँदैनन् । दिनभरी चिसो कोठामा राख्ने र खानपिन तथा हेरचाह पनि राम्रो नहुने गरेको देखिन्छ । बालबालिकाहरु खुल्ला ठाउँ र बढि खेल्न रुचाउने भएकाले सो कुरालाई मध्यनजर गरेर ‘कखरा प्रिस्कुल’को आर्किटेड डिजाइन गरिएको छ । स्कुलको भवनदेखि कक्षाकोठाका रंगसम्म बालमैत्री छन् ।

‘मन्टेश्वरीले एकाडेमिक पार्टलाई मात्रै ध्यान दिएर हुँदैन, बालबालिकाको समग्र विकासलाई ध्यान दिनुपर्छ’, निरौला भन्छन्, ‘त्यो कुरामा हामीले कुनै पनि कम्प्रोमाइज गरेको छैन् । गर्दैनौ पनि । खाने कुराको गुणस्तरदेखि बालबालिकाको स्याहार सुसारमा कमजोरी गर्न मिल्दैन, साना नानीहरुको हेरचाह गर्ने कुरा निकै संवेदनशील कुरा पनि हो ।’

झण्डै तीन रोपनी क्षेत्रफलमा सञ्चालित ‘कखरा प्रिस्कुल’ले बालबालिकाहरुलाई दिनको तीन पटक खाना खुवाउने, उनीहरुलाई तेल लगाइदिने गरिन्छ । उनीहरुको पठन पाठन र हेरचाहका लागि २० जना अनुभवी शिक्षक तथा कर्मचारीहरुसमेत कार्यरत छन् जसलाई स्कुलले तालिम नै दिएर काममा लगाएको छ । ‘साना नानीहरुलाई आमाको जस्तो माया र स्याहार चाहिन्छ, त्यही माया र स्यहार हामीले बालबालिकालाई दिएका छौं, स्कुलकी प्रिन्सिपल निशा घिमिरे भन्छिन् ।

उनका अनुसार छ बर्ष मुनीका बालबालिकाले कसरी नयाँ कुरा सिक्छन् ? बालस्वास्थ्यका दृष्टिले उनीहरुले कस्तो खानपिन जरुरी छ ? उनीहरुको समग्र विकासका लागि अरु के के कुरा जरुरी छ ? ती कुराहरुलाई अध्ययन गरेर ‘कखरा प्रिस्कुल’ले मन्टेश्वरी सञ्चालनको काम अघि बढाएको हो । घिमिरे भन्छिन्– फ्रेन्चाइजको नाममा विदेशी नाम देखाएर अभिभावकसँग महंगो शुल्क अशुल्ने तर त्यो अनुसार सेवा नदिने चलन छ । हाम्रोमा त्यो हुँदैन् । त्यो नहुने भएकाले नै अभिभावकहरुले ‘कखरा प्रिस्कुल’लाई रुचाउनु भएको हो ।’

Advertisement

Advertisement

Advertisement