सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ

Advertisement

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई चार बर्षको लागि सीइओ नियुक्त गरेको हो ।

यसअघि माछापुछ्रे बैंकको सीइओ रहेका श्रेष्ठलाई असार २ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । रत्नराज बज्राचार्यले गत जेठमा अवकाश पाएपछि आशा राणाले निमित्त सीइओको रुपमा काम गर्दै आएकी थिइन् । सन् १९८९ देखि बैंकिङ करियर शुरु गरेका श्रेष्ठले तत्कालीन ग्रिण्डलेज बैंक (हालको स्टाण्डर्ड चार्टर्ड बैंक) यस क्षेत्रमा प्रवेश गरेका थिए । एस फाइनान्स लिमिटेडको सीईओ हुँदै तत्कालीन एनआईसी बैंकमा झण्डै एक दशक महाप्रबन्धक भएर काम गरेका थिए । ग्लोबल आईएमई बैंक हुँदै माछापुच्छ्रे बैक पुगेका श्रेष्ठ अहिले सनराइजमा आइपुगेका हुन् ।

Advertisement

Advertisement

Advertisement