पत्रकार महासंघको सदस्यता ठेकेदार, डान्सबारवाला, व्यापारीसम्मले बोकेर हिंड्छनः बाँस्कोटा

Advertisement

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल पत्रकार महासंघको सदस्यतामा बेथिति रहेको भन्दै यो बेथिति हटाउन नियमन जरुरी रहेको बताएका छन् । दाङमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले मिडिया काउन्सिल विधेयकको मुख्य उद्देश्य मिडिया नियमन रहे पनि बुझ्दै नबुझी विरोध गर्ने काम भइरहेको बताए ।

ठेक्कापट्टा गर्ने ठेकेदार, डान्सबारवाला, व्यापारीसमेतले पत्रकार महासंघको सदस्यका बोकेर हिंड्ने गरेको भन्दै बाँस्कोटाले त्यस्तालाई नियमन गर्न जरुरी रहेको बताए । उनले भने, ‘अहिले पत्रकार महासंघको सदस्यता डान्सबारवालाहरुले पनि पाएका छन्, व्यापारी, ठेकेदारहरुले पनि पाएका छन् । पाउनुपर्ने कसले हो, हामीले त्यही नियमन गर्न खोजेका हौँ ।’

बाँस्कोटाले मिडिया व्यवस्थित गर्न खोज्दा आफ्नो खोइरो खन्ने काम भइरहेको बताए । उनले विशेषगरी ठूला मिडिया सञ्चालकबाट विधेयक ल्याउन नदिन खेल भइरहेको भन्दै उनले भने, ‘मैले राम्रो बोल्छु मिडियाले गलत देख्छ । सबैले खोइरो खनिरहेका छन् । सकभर यस्तो नगर्नू होला ।’

Advertisement

Advertisement

Advertisement