साधना लघुवित्तले संवृद्धि लघुवित्तलाई प्राप्ति गर्ने, प्राप्तिपछि हकप्रद सेयर जारी गर्ने

Advertisement

गोरखा । गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनहँुको डुम्रेमा केन्द्रीय कार्यालय रहेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर (प्राप्ति) गर्ने बिशेष प्रस्ताव पारित गर्दै विशेष साधारणसभा सम्पन्न गरेको छ ।

सभाले आर्थिक समृद्घि लघुवित्त वित्तीय संस्थाको सम्पति तथा दायित्व मुल्याङ्गकन प्रतिवेनको आधारमा तय भएको १००ः८० सेयर स्वापको मुख्य एजेन्डा पनि पारित गरेको छ । साथै, सभाले एक्विजिसनपछि एक कित्ता बरावर एक कित्ता (१ः१) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

हकप्रद शेयर जारिपछि वित्तीय संस्थाको चुक्तापूँजी १४ करोड ७० लाख रुपियाँ पुग्ने छ । एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशनअनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष कुष्णबहादुर थापाले एक्विजिसनपछि वित्तीय संस्था १० जिल्लामा मात्र सीमित नरही राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित हुने जानकारी गराउँदै राष्ट्र बैक तथा नियमनकारी निकायहरुको निर्देशनबमोजिम वित्तीय संस्थालाई अब्बल राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा स्थापित गराउने बताए ।

Advertisement

Advertisement

Advertisement