'२०६२।६३ को आन्दोलनपछि ठूलो परिर्वतनको आशा गरेका जनताले केही पाएनन्'

Advertisement

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नाङ्गो ब्रह्मलुट इतिहासमा कहिल्यै नभएको जिकिर गरेका छन् । सो पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वाभिमान यात्राको सोमबार गोरखामा समापन गर्दै उनल अहिले जस्तो ब्रह्मलुट यसअघि कहिल्यै नभएको जिकिर गरेका हुन् ।

चरम भ्रष्टाचार हुँदा पनि कारवाही कसैलाई नभएको भन्दै थापाले भष्टाचार छानबिन गर्ने निकाय, अड्डा अदालत, प्रहरीमा सरकारले पार्टी निकट मान्छे भर्ति गरेर राखेकाले कारबाही हुन नसकेको दावी गरेका हुन् । उनले भने, ‘अनुसन्धान सुरु हुन खोज्छ, त्यही बेला ठूला नेताको नाम जोडिन्छ, अनि अनुसन्धान रोकिन्छ ।’

अध्यक्ष थापाले भ्रष्टाचार गर्ने कुरामा सरकार र प्रमुख प्रतिपक्ष दलबीच मिलेमतो भएको आरोप लगाउँदै एनसेलको कर विवाद, बिमान खरिद, सुन काण्ड, बालुवाटारको जग्गा काण्ड आदिमा ठूला मान्छे मुछिएकै कारण अनुसन्धान प्रभावित भएको दावी गरे ।

नेता थापाले बजेटमा विदेशिएका लाखौंलाई फर्काउने कुरा त पर जाओस, स्वदेशमै रहेका ५० हजार युवालाई समेत रोजगारी दिने कार्यक्रम आउन नसकेको भन्दै अर्थमन्त्री युवराज खतिवडाको आलोचना गरे । उनले २०६२।६३ को आन्दोलनपछि देशमा ठूलो परिर्वतनको आशा गरेका जनताले केही पनि नपाएको, उल्टै
गरिबी, बेरोजगारी बढेको, सनातन धर्मामाथि आक्रमण बढेको, भष्ट्राचार मौलाएको बताए ।

Advertisement

Advertisement

Advertisement