सिद्धार्थ बैंकले जिआइसि नेपालको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र सिद्धार्थ बैंकबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।इन्स्योरेन्स तथा बैंकबीच जेठ २८ गते सहमति पत्रमा हस्ताक्षर भएको हो ।

बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement