सात सय दुग्ध कृषकलाई २२ लाख अनुदान

Advertisement

काठमाडौं । बढैयाताल गाउँपालिकाअन्तर्गतका सात सय पशुपालक किसानलाई २१ लाख ७७ हजार सात सय ९८ अनुदान वितरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशानलय प्रदेश नम्बर ५ को आर्थिक सहयोग तथा भगवती दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा अनुदान वितरण गरिएको सहकारीका व्यवस्थापक हरि सुवेदीले बताए ।

चालु आव २०७५ । ०७६ मा सहकारी संस्थामा दूध बिक्री गर्ने किसानलाई प्रति लिटर रु एक पैसा ९२ का दरले अनुदान सहयोग प्रदान गरिएको सुवेदीको भनाइ छ । किसानले न्यूनतम रु तीन हजारदेखि एक लाखसम्म नगद अनुदान सहयोग पाएका छन् ।

Advertisement

Advertisement

Advertisement