यति एयरलाइन्सको गम्भीर लापरवाही, टायर पंचर हुँदाहुँदै उडान, पछि आपतकालिन अवतरण

Advertisement

काठमाडौं । यति एयरलाइन्सले बुधबारको नेपालगञ्ज उडानमा गम्भीर लापर्वाही गरेको छ । टायर पंचर हुँदाहुँदै उडान सञ्चालन गर्दा जहाज ठूलो दुर्घटनाबाट जोगिन सफल भएको छ ।

बिहान ९ः३० का लागि नेपालगञ्जका लागि उडेको ४२१ नम्बरको एटीआर जहाजको पछिल्लो एक भागको दुवै टायर पंचर हुँदाहुँदै बिना चेक जाँच जहाज उडान गरिएको र अवतरण गर्ने क्रममा दुवै टायर पंचर देखिएपछि पुनः काठमाडौं फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतनरण गरिएको थियो ।

जहाजका एक यात्रुले भने– काठमाडौंबाट उडेको करिव ३०–४० मिनेट भइसकेको थियो, नेपालगञ्ज अवतरण गर्न लागेपछि एक्कासी जहाज मोडियो । हामीलाई के भनियो भने मौसमको खराबीका कारण अवतरण गर्न सकिएन् । हामीले होला भन्ने सोचियो । तर जब जहाजबाट ओर्लिएपछि हेर्दा पछाडिपट्टि एक भागको दुवै चक्का नै छैन् । अवतरण गर्दा पनि अनौठो तरिका र आवाजले थर्रथर्र गर्दै ल्याण्डिङ गर्यो ।

यति एयरलाइन्सको कार्यालयमा सम्पर्क गरेर साध्दा उनीहरुले यस विषयमा बताउन चाहेनन् । अवतरण गरिसकेपछि एयरलाइन्सले आफूहरुको जीवनमाथि खेलवाड गरेको भन्दै यात्रुहरुले विरोध पनि जनाए । पछि यतिले यात्रुहरुलाई अर्को जहाजमा नेपालगञ्ज लगे पनि कतिपय भने यति एयरको लापर्वाहीको विरोध जनाउँदै जान मानेनन् ।

स्रोका अनुसार एयरलाइन्सले कुनै चेकजाँच नगरी बिहान उक्त जहाज उडान गरेको थियो । उडान गर्दा चक्कामा हावा कम भए पनि खासै फरक नपर्ने तर अवतरणमा भने समस्या हुन्छ । नेपालगञ्ज एयरपोर्टमा पंचर भएको जहाज अवतरण गर्दा जोखिम हुने भएपछि पुनः जहाज काठमाडौं फर्काइएको थियो । कम्पनीले यस घटनालाई भने गोप्य राख्ने प्रयास गरेको छ ।

Advertisement

Advertisement

Advertisement