सुनको मूल्य बढयो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ६२ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपियाँले बढेर ६२ हजार ४०० रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६२ हजार एक सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार ५०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५३ हजार २४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७१५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement