उच्च शिक्षाको लागि विदेश जान कक्षा १२ पास गर्नैपर्ने

Advertisement

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान विद्यार्थीहरुले १२ कक्षा पास गर्नै पर्ने भएको छ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै १२ पास नगरेका विद्यार्थीहरुलाई विदेश अध्ययनको लागि जान नो अब्जेक्सन लेटर नदिने बताएको हो ।

डिप्लोमा तहको कोर्स अध्ययनमा जान खोजेका विद्यार्थीलाई मात्र एनओसी रोकिएको जनाईएको छ । विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने एनओसी दिन रोक लगाइएको छैन।

डिप्लोमा भनिए पनि यसमा कति अवधिसम्मको अध्ययनलाई मान्यता दिने भन्ने स्पष्ट व्यवस्था छैन। यसबारे मन्त्रालयका अधिकारी पनि अन्योलमा छन्। अहिले एक वर्षदेखि ६ महिनाका लागि अध्ययन गर्न जाने भन्दै विद्यार्थीले मन्त्रालयबाट एनओसी लिने गरेका छन्। डिप्लोमा कोर्स गर्न एसईई मात्र उत्तीर्ण गरेका विद्यार्थी पनि जान पाउँछन्। पढाइमा कमजोर विद्यार्थी पनि सहजै विदेश जाने, उनीहरूले विदेशमा गएर दुःख पाउने र स्वदेशी पुँजी बाहिरिने कारण देखाउँदै सरकारले त्यस्ता विद्यार्थीलाई एनओसी दिन रोक लगाएको हो।

१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ । यसअघि कक्षा १२ लाई उच्च शिक्षा भन्ने गरिएकोले नो अब्जेक्सन लेटर दिईँदै आएको थियो ।

Noc-block

Advertisement

Advertisement

Advertisement