चीनको मुद्रास्फीति १५ महिनाकै उच्च

Advertisement

चीन । चीनको मे महिनामा उपभोक्ता मुद्रास्फीति १५ महिनाकै उच्च कायम भएको छ । उच्च सुँगुरको मासुको मूल्यका कारण खाद्यान्नको मूल्य बढेपछि मुद्रास्फीति उकालो लागेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ ।

मेमा उपभोक्ता मूल्य सूचक (सीपीआई) गत वर्षको तुलनामा दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यो गत वर्षको फेब्रुअरीदेखिकै उच्च हो र यो अर्थशास्त्रीमाझ गरिएको सर्वेक्षणकै लाइनमा रहेको छ ।

गत वर्षको तुलनामा मे महिनामा खाद्यान्नको मूल्यमा सात दशमलव सात प्रतिशतको वृद्धि भएको छ भने गैरखाद्यान्नको मूल्यमा एक दशमलव सात प्रतिशतको वृद्धि भएको छ । गत वर्षको तुलनामा मे महिनामा ताजा फलफुलको मूल्यमा २६ दशमलव सात प्रतिशतको वृद्धि भएको छ । मौसमसम्बन्धी तत्वका कारण फलफुलको मूल्यमा वृद्धि भएको हो । यो अप्रिलको तुलनामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।
अफ्रिकन स्वाइन फिभरले देशको ठूलो क्षेत्रमा असर पारेपछि यो वर्ष चीनमा सुँगुरको मूल्यमा अधिक वृद्धि भएको छ । गत वर्षको तुलनामा मेमा सुँगुरको मूल्यमा १८ दशमलव दुई  प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।

चिनियाँ भोजनमा विश्वको सुँगुरका मासु खपतको आधा हिस्सा प्रयोग हुँदै आएको छ । चिनियाँ सरकारले यो वर्षको सुरुमै चिनियाँ सुँगुरको मूल्यमा गत वर्षको तुलनामा ७० प्रतिशतले वृद्धि हुन सक्ने अनुमान लगाएको थियो । यद्यपि सुँगुरको मासुमा मूल्य वृद्धि भएको घटना यो वर्ष नयाँ भने होइन । केही वर्षअगाडि पनि ५० देखि ६० प्रतिशतसम्मको वृद्धि भएको थियो । त्यसैले मानिसले आफुलाई सुँगुरको मासुबाट चिकेन, बिफ तथा मटनमा रूपान्तरण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement