प्रेमिकाको जागिर छुटाउन विमान अपहरणको नक्कली योजनाको पत्र राख्नेलाई आजीवन कारावास

Advertisement

भारत । भारतको दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको एउटा विमानको शौचालयमा विमान अपहरण सम्वन्धि नक्कली योजना पत्र राखेको अभियोगमा एक व्यापारीलाई आजीवन कारावासको सजाए सुनाईएको छ । बिर्जु सल्ला नामक ती व्यक्तिले उक्त एयरवेजले आफ्नो दिल्ली सेवा वन्द गर्ने र सो विमानकी कर्मचारी रहेकी आफ्नी प्रमिका आफुसंग बस्न मुम्बई जान सक्ने अपेक्षा गरेको बताएका छन् ।
उनलाई पाँच करोड भारतीय रुपियाँ जरिवाना पनि तिराईएको छ । विमान अपहरण विरोधी भारतको नयाँ कानुनअन्र्तगत पहिलो पटक सल्लालाई मुद्दा चलाईएको थियो ।

सजाय
उक्त कानुनअनुसार न्यूनतम सजाय आजीवन कारावास हुन्छ भने अधिकतम सजाय मृत्युदण्ड हुन्छ।

सजाय पाएका व्यापारीले सन् २०१७ को अक्टोबरमा विमान चढ्नुअघि मुम्बईस्थित आफ्नो कार्यालयमा धम्कीपत्र लेखेको र छापेको स्वीकार गरेका छन्।

विमानमा १२ अपहरणकारी र थुप्रै विस्फोटक पदार्थ भएको दाबाी सो पत्रमा गरिएको थियो भने विमानलाई पाकिस्तानप्रशासित कश्मीर लैजानुपर्ने माग गरिएको थियो।

गन्तव्यदेखि ७७८ किलोमिटरवरै अहमदाबादमा विमानको आपत्‌कालीन अवतरण गरिएपछि सल्लालाई पक्राउ गरिएको थियो।

किन गरे त्यसो
त्यतिबेला जेट एयरवेजकी ती महिला कर्मचारीसँग उनको विवाहेतर सम्बन्ध थियो।

सल्लाले आफ्नी केटीसाथीलाई मुम्बई बस्न भनेको बताइएको छ। अनि उनले उक्त एयरवेजलाई बदनाम गरेपछि आफ्नी केटीसाथीले जागिर गुमाउन सक्ने र आफूसँग मुम्बईमा बस्न बाध्य हुने ठानेका थिए।

एक अनुसन्धानकर्ताले समाचारसंस्था एएफपीलाई बताएअनुसार सल्लाले विमान अपहरण नगरे पनि अपहरणसम्बन्धी पत्र राख्नु पनि भारतीय कानुनअनुसार अपहरणको प्रयाससरह भएको बताए।

Advertisement

Advertisement

Advertisement