महालक्ष्मी बैंकको नयाँ शाखा कावासोतीमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा नवलपुरको कावासोती नगरपालिका– ८ मा कावासोती शाखा कार्यालय स्थापना गरेको छ। उक्त शाखाको उद्घाटन कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले गरिन्।

कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताउँदै महालक्ष्मी बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि। को ग्राहक संख्या ४ लाख ५० हजार भन्दा बढी रहेको छ।

Advertisement

Advertisement

Advertisement