अमेरिकाले कालोसूचीमा राखेपछि हुवावेले नयाँ ल्यापटप बजारमा ल्याउन सकेन

Advertisement

चीन । चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नो ल्यापटप सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ । अमेरिकाले कालोसूचीमा राखेपछि पहिलोपटक हुवावेले आफ्नो उत्पादन सार्वजनिक गर्ने कार्यक्रम रोकेको हो ।

हुवावेईको कन्जुमर डिभाइसका प्रमुख रिचार्ड यूले ल्यापटप आपूर्ति गर्न नसकिएकाले सार्वजनिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए । यूले यो उत्पादन सार्वजनिक गर्न अमेरिकाले हुवावेईलाई कति लामो समय कालोसूचीमा राख्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए ।

अमेरिकाले हुवावेईका उत्पादनमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको भन्दै कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । कालोसूचीमा परेसँगै हुवावेईले विशेष अनुमति लिएर मात्र अमेरिकामा आफ्नो व्यवसाय गर्न पाउनेछ । हुवावेईले भने अमेरिकाको आरोप अस्वीकार गर्दै आफ्नो उत्पादनबाट सुरक्षामा कुनै जोखिम नरहेको बताउँदै आएको छ ।

हुवावेईले अमेरिकामा प्रतिबन्ध लागेसँगै गत महीना नयाँ स्मार्टफोन सार्वजनिक गरेको थियो । यद्यपि, इन्टेल, क्वालकम र ब्रोडकम कम्पनीले हुवावेईलाई कम्प्युटर चिप्स विक्री नगर्ने भएका छन् । यसैबीच, हुवावेईले विन्डोज १० अपरेटिङ सिस्टमको प्रयोग पनि गर्न पाउने वा नपाउने भन्नेमा आशंका बढेको छ ।

Advertisement

Advertisement

Advertisement