आज सबै प्रदेशमा बजेट सार्वजनिक हुँदै

Advertisement

काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आज असार १ गते आइतबार आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गर्दैछन् । केन्द्र सरकाले बजेट सार्वजनिक गरेको १८ औं दिनमा प्रदेशहरुको आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक हुन लागको हो।

सात वटै प्रदेशहरुले ठूला आयोजनाहरुलाई बजेटको प्राथमिकतामा राख्दै कूल साढे २ खर्ब आकारको बजेट सार्वजनिक गर्न लागेका छन् ।हरेक प्रदशले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउनैपर्ने व्यवस्था रहेकाले आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट पेस गर्नेछन्।

देशको राजधानी समेत रहेको प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै करिब ५० अर्बको बजेट सार्वजनिक हुने भएको छ। त्यसैगरि, प्रदेश नम्बर १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशको २९ अर्बको बजेट सार्वजनिक हुनेछ ।

प्रदेशले ठूला आयोजना बजेटको प्राथमिकतामा राख्दै सबै कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई जोड दिएको पाईन्छ ।

Advertisement

Advertisement

Advertisement