प्रदेश २ मा ३८ अर्ब ७२ करोडको बजेट, साँसदहरुलाई ३–३ करोड छुट्टाइयो

Advertisement

जनकपुरधाम । प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६।७७ को लागि ३८ अर्ब ७२ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । प्रदेशस २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादले प्रदेश संसदमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

‘बेटी बचाऊ बेटी पढाऔं’ अभियानका लागि २९ करोड रुपियाँ विनियोजन गरेको प्रदेश २ ले निर्वाचन क्षेत्र कार्यक्रमका लागि भन्दै साँसदहरुलाई ३–३ करोड रुपियाँ दिने भएको छ । बजेटमा केन्द्रीय सरकारसँग मिलेर प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना अघि बढाउने, मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । साथै, प्रदेश २ सरकारले जिल्लाहरुमा नमुना अस्पतालहरु निर्माण गर्ने भन्दै त्यसका लागि ३० करोड विनियोजन गरेको छ ।

Advertisement

Advertisement

Advertisement