पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपियाँका दरले घटाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपियाँ, डिजेल र मट्टितेलको ९६.५० रुपियाँ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्याँसको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ । केही दिनअघि पेट्रोलियम पदार्थसहित विभिन्न वस्तुहरुको मूल्य बढेको नाममा सार्वजनिक यातायाताको बढा बढाइए पनि तत्कालै घटाइएको थियो ।

Advertisement

Advertisement

Advertisement