बझाङमा जीप दुर्घटनाहुदाँ ६ जनाको मृत्यु, ६ गम्भीर घाईते

Advertisement

बझाङ । बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप दुर्घटनाहुदाँ ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेपनि जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको प्रहीले जनाएको छ । ।

Advertisement

Advertisement

Advertisement