राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको अनुमति दियो

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको अनुमति दिएको छ । केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया सहितका १० वाणिज्य बैंकलाई एकसाथ ब्रोकर लाइसेन्सको अनुमति दिईएको हो ।

केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार ब्रोकर लाइसेन्स पाउने अन्य वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू लिमीटेड, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंक लिमीटेड रहेका छन् ।

सिभिल बैंकले लाइसेन्स पाउने प्रक्रिया सुरु भएको छ भने बाँकी ८ वटा वाणिज्य बैंकले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन् ।

ब्रोकर लाइसेन्सका लागि आवेदन दिने बैंकहरुमा नवील बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमीटेड रहेका छन् ।

Advertisement

Advertisement

Advertisement