चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को कोचमा राजु र आस्थाको इन्ट्री

Advertisement

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’ का लागि दुई नयाँ कोचको इन्ट्री भएको छ । पहिलो सिजनमा रहेका कोचद्धय सनुप पौडेल र अभय बारिएपछि अब मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।

पहिलो सिजनका अन्य पुरानै दुई कोच गायक दीप श्रेष्ठ र प्रमोद खरेलको साथमा राजु लामा र आस्था राउतले प्रतिस्पर्धीको मुल्यांकन गर्नेछन् ।

हिमालय एचडीबाट यो शो साउनको पहिलो साताबाट प्रशारण हुने जानकारी दिइएको छ । साउनको पहिलो साताबाट शुक्रबार र शनिबार बेलुकी ८ बजे यो शो प्रशारण हुने भएको छ ।

यसपटकको शोमा नेपाली दर्शकको चाहना अनुसार विभिन्न शैली परिवर्तन गरिएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement