स्पेनले पनि अमेरिकालाई टेरेन, हुवावेले ५–जी सुरु गर्यो

Advertisement

म्याड्रिड । भोडाफोन स्पेनले व्यापारिक रुपमा म्याड्रिड र बार्सिलोना लगायत १५ सहरहरुमा चिनियाँ दुरसंचार कम्पनी हुवावेको सहयोगमा सेवा सुरु गरेसँगै ५–जी नेटवर्क सुरु गर्ने स्पेन युरोपका सुरु मध्यको मुलुक भएको छ ।

विश्वकै दोस्रो ठूलो मोबाइल अपरेटर भोडाफोन स्थानिय क्यारियर तीव्र गतीको मोबाइल फोन नेटवर्क लन्च गर्ने पहिलो भएको छ । यो कम्पनीले डाउनलोड गती प्रति सेकेन्ड १ गिगाबाइट हुने जनाएको छ । स्पेनको राजधानी र देशको स्वाशाशित क्षेत्रको राजधानी बाहेक यो सेवा भ्यालेन्सिया, मालागा, सेभिले, जारागोजा, सान सेबास्टिन, बिलबाओ, भिटोरिया, ला कोरुना, भिगो, जिजोन, पाम्प्लोना, सान्टान्डर र लोगोर्नो उपलव्ध हुनेछ ।

यो कम्पनीले स्वीडिस म्यानुफ्याक्चरर इरिक्सन र हुवावे दुवैको उपकरण प्रयोग गरेको छ । हुवावे अमेरिकाको प्रतिबन्धको सूचीमा पर्दै आएको छ । स्पेन भन्दा पहिले दुई युरोपेली मुलुकहरु स्वीट्जरल्यान्ड र संयुक्त अधिराज्य (बेलायत) ले ५–जीको व्यापारिकरण गरिसकेका छन् । यद्यपि वासिङटनले ५–जीको रोलआउटमा हुवावेको प्रविधि प्रयोग नगर्नका लागि आफ्ना मित्र राष्ट्रहरुलाई दबाब दिँदै आएको छ ।

अमेरिकी दबाबका बावजुद बेलायती सांसदहरुले पाँचौ पुस्ताको प्रविधि प्रयोगमा हुवावेलाई अवरोध गरेका छैनन् । तर मोबाइल अपरेटरहरु ईई र भोडाफोनले पहिलेनै हुवावेको फोनलाई आफ्नो ५–जी लन्चको योजनाबाट त्यागिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement