सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार ६३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपियाँले घटेर ६३ हजार रुपियाँ कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६२ हजार ७०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५४ हजार १५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५३ हजार ७६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ७२० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement