सम्बोधन गर्न रुष्टम पुगेका प्रधानमन्त्रीलाई कांग्रेसले रोक्यो, बैठक नै स्थगित

Advertisement

काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुरूमा प्रधानन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछि संसदमा हंगामा भएको छ ।

प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएपछि कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक महत्वका विषयमा वक्तव्य आउन सकेन । सभामुख कृष्णबहादुर महराले आजको बैठकमा प्रधानमन्त्री ओलीलाई सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन समय दिएका थिए । बैठकको शुरूमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरू उठेका थिए । त्यसपछि कांग्रेस सांसदहरूले होहल्ला गरेका हुन् ।

सभामुखको अनुमतिले प्रधानमन्त्री ओली रोष्टममा पुगेपछि कांग्रेस सांसदहरू बेलमा आएर नाराबाजी गरेका थिए । त्यसपछि कांग्रेस सांसदहरूले संसदीय मर्यादा कायम गरु भन्दै नाराबाजी गरेका थिए । कांग्रेस सांसदहरूको विरोधपछि सभामुख महराले संसद बैठक स्थगित गरेका छन् ।

आजको बैठकमा सांसद डिला सङ्ग्रौला, सञ्जयकुमार गौतम, सत्यनारायण शर्मा खनाल र प्रेम सुवालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेटमा रु एक कायम गर्नेदेखि रु १०० सम्म घटाउनेसम्मका खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

Advertisement

Advertisement

Advertisement