सरकारले गुठी विधेयक फिर्ता लियो

Advertisement

काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ। भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। ।

मन्त्री अर्यालले विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भएको बताईन् । उनले यसैका आधारमा उत्तेजना बढाउने काम भएकाले सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको बताईन् ।

मन्त्री अर्यालले प्रतिनिधिसभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ फिर्ता लिने जानकारी दिएकी हुन् ।

Advertisement

Advertisement

Advertisement