पाकिस्तानका सूचना मन्त्री फेसबुक लाइभमा बिरालोजस्तो देखिए

Advertisement

पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वाका एक मन्त्रीले गरेको फेसबुकमा लाइभ अहिले भाइरल भइरहेको छ । फेसबुक लाइभको समयमा खैबर पख्तुनख्वाका सूचना मन्त्री शौकत युसुफजाई र उनका मन्त्रीहरुको सानो गल्ती हुन पुग्यो । फेसबुक लाइभको समयमा गल्तिका कारण त्यहाँ भएको फिल्टर अप्सनमा क्लिक हुन पुग्यो र मन्त्री युसुफजाईको अनुहार बिरालो जस्तो हुन पुग्यो ।

युसुफजाईले विधानसभामा भएको एक फैसलाका बारेमा पत्रकार सम्मेलन गरेका थिए । यहीबीच गल्तिले फेसबुकमा रहेको क्याट फिल्टर अप्सन एक्टिभ हुन पुग्यो । लाइभ गर्नेले गल्ति थाहा पाएर सच्याउँदासम्म त्यो भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले स्न्यापसट लिएर शेयर गर्न भ्याइसकेका थिए । यसको केही समयपछि नै त्यस भिडियो र तस्बिर भाइरल हुन पुग्यो ।

भिडियो र तस्बिरमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्रीको खिल्ली उडाउँदै कमेन्टहरु लेखेका छन् । एक जना ट्विटर प्रयोगकर्ताले युसुफजाई बिरोलोको कानसहितको तस्बिरमा निकै क्युट देखिएका छन् भन्दै तस्बिर शेयर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement