देउवाले भने- ओलीले जहिले पनि हेप्ने काम गरे !

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हेपेको भन्दै दुखेसो गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै देउवाले संसदीय परम्पराअनुसार प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए ।

देउवाले भने ‘जहाँ पनि विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनुपर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् । नेपालमा पहिलादेखि चल्दै आएको चलनलाई तोड्ने काम गरेको छ ।’

आफु बोल्ने समयमा प्रधानमन्त्री ओली उपस्थित नभएको भन्दै देउवाले आफुलाई हेपेको बताएका हुन् ।

Advertisement

Advertisement

Advertisement