विश्वभरको शरणार्थी संख्या सात करोड, दैनिक ३७ हजार थपिँदै

Advertisement

जेनेभा । विभिन्न कारणले गर्दा विश्वमा गएको वर्ष शरणार्थीको संख्या ७ करोड पुगेको संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)ले जनाएको छ । यो संख्या युएनएचसीआरको ७० वर्षको अवधिमा सबैभन्दा बढी भएको उसले बुधबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

गएको वर्ष ७०.८ प्रतिशत मानिस जबर्जस्ती लखेटिएको र २.३ प्रतिशत पहिलाकै वर्षका रहेको जनाइएको छ । २० वर्षअघि रेकर्ड गरिएका भन्दा यो संख्या दोब्बर रहेको छ । यो संख्याले दैनिक औसतमा ३७ हजार मानिस शरणार्थी बनिरहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा अहिले तीन खालका शरणार्थी रहेको जनाउँदै युएनएचसीआरले पहिलो जबर्जस्ती लखेटिएका, दोस्रो आश्रय खोज्ने र तेस्रो आन्तरिक रुपमा विस्थापित भएको जनाइएको छ । विश्वकै दुई तिहाई शरणार्थी सिरिया, अफगानिस्तान, दक्षिणी सुडान, म्यान्मार र सोमालियाबाट भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement