मोबाइल मेलाको अफरः एउटा मोबाइल किन्दा एक लाख रुपियाँको जीवन बीमा

Advertisement

काठमाडौं । राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भइरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल झण्डै आधा दर्जन अफरहरु थप गरिएको छ ।

मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल निःशुल्क पाउने यस अघिको योजनामा मोबाइलका चार मोडलहरु थप गरिएको छ । यसका साथै, हरेक मोबाइलको खरिदमा एक लाख रुपियाँसम्मको जीवन बीमा, निःशुल्क सिनेमा टिकट लगायतका अफरहरु थप गरिएको छ ।

६५० रुपियाँमा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागी हुनेछन् । चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरु थप गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement