एनआईसी एशियाको एकै दिन तीन शाखारहित बैंकिङ सेवा संचालनमा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ तीन शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा बुधबारबाट आफ्नो ३३, ३४ र ३५औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

उक्त बैंकले सीतापुर शाखारहित बैंकिङ सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले गरेका हुन् भने गाडागल्ली र मेचीडाँगी शाखारहित बैंकिङ सेवाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं। १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्ले गरेका हुन् ।

उक्त सेवाबाट स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । करिब १६ लाख ग्राहक प्रभावित भएको यस बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखारशाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने योजना अगाडि सारेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताएका छन् ।

उक्त बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement