सेवाग्राहीबाट १० हजार घुस लिँदै गर्दा काठमाडौं महानगरपालिकाका कार्यालय सहयोगी पक्राउ

Advertisement

काठमाडौं । सेवाग्राहीसँग १० हजार घुस लिँदै गर्दा काठमाडौं महानगरपालिका वडा नं. ९ कार्यालय, गौशालाका कार्यालय सहयोगी (तेस्रो तह) गोविन्द खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सेवाग्राहीले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी करबाहेक रू. १० हजार घुस मागेको सुचनाका आधारमा गएको आफ्नो टोलीले खड्कालाई घुस लिइरहेको बेला पक्राउ गरेको अख्तियारले जनाएको छ । आफ्नै कार्यालयमा घुस लिँदालिँदै पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement