एनसेलको ‘कलआयो पैसा पायो’ योजनाअन्तर्गत विजेता घोषणा

Advertisement

काठमाडौंं । एनसेल प्राईभेट लिमिटेडले ‘कलआयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजनाअन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेकोछ ।

वैशाख १६ देखि संचालनमा रहेको यो योजना साउन १३ सम्म संचालनमा रहनेछ । एनसेलले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत संचालनमा ल्याएको यस योजनाअन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप १० मिनेटसम्म पाउछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेकाग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनिजित्न सक्छन् । यो योजनाअवधिभर प्रत्येक हप्ता १० जनाग्राहकले १÷१ थान स्मार्टफोन पाउछन् । एक हप्ताको समयावधिमाग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमनकलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ ।

यो योजना सुरु भएको चार हप्तामा सम्ममा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरिसकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भई सकेको छ ।

झापा बिर्तामोडकी राधिका रम्तेलले भनिन्, “मेरो श्रीमान जेष्ठ २० गते दुबईबाट फर्कनु भएको छ । उहाँले नै मलाई उताबाट कल गर्नुहुन्थ्यो । कलआयो पैसा पायो योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै खुसी लागेको छ ।’’ उनले एनसेलको मुख्यकार्यलयमा आयोजित एक कार्यक्रममा आफूले जितेको स्मार्टफोन ग्रहण गरेको एनसेलले जनाएको छ ।

एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमनकलको संख्या र औसत कलको समय अनुसार यो योजनाअन्तर्गतको विजेताहरुको छनोट गरिन्छ । प्रमाणिकरण भईसकेका विजयी ग्राहकलाई एनसेलको मुख्यकार्यलयबाट तथा देशभरीका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिदै आएको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सकिन्छ । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत पुर्याउदछ । ग्राहकवर्गमाझ निकै नै लोकप्रिय रहेको तथा धेरै नै राम्रो प्रतिक्रिया पाएको यस योजनाले एनसेल ग्राहकलाई थप मुल्य प्रदान गर्ने एनसेलको भनाई छ ।

Advertisement

Advertisement

Advertisement