ग्लोबल आइएमई बैंकले एकैचोटि १७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्यायो

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैचोटि १७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशैभर १७ वटा शाखारहित बैंकिङ सेवा दिन थालेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । थप १७ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या एक सय ५५ पुगेको छ ।

बैंकले सिराहा, कालिकोट, रेगिल, पर्सा, पर्वत, ठाँटी, परासी, संखुवासभा, पाल्पा, गुल्मी, मोरङ, झापा, उदयपुर, तनहुँ, चितवन, गुल्मीमा शाखा सञ्चालनमा ल्याएको छ ।

यसका साथै बैंकले दमक शाखा, कपनको साततले र वीरगंजस्थित नारायणी सब–रिजनल अस्पताल परिसरमा एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement