सूर्या लाइफलाई इमर्जिङ एशिया इन्स्योरेन्स् अवार्ड

Advertisement

काठमाडौं । सूर्या लाइफ इन्योरेन्सले इमर्जिङ एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकाले इमेरर्जिङ एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो ।

कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट ‘स्पेशल रिकगनाईजेशन फर इन्स्योरेन्स् स्प्रीडीङ स्ट्राटेजीज फर द यर २०१९’ पुरस्कार प्राप्त सफल भएको जनाएको छ ।

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

Advertisement

Advertisement

Advertisement