देवः विकास बैंकको नयाँ शाखा भरतपुरमा

Advertisement

काठमाडौं । देवः विकास बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका वडा नं १० स्थित भरतपुरमा सञ्चालनमा आएको छ । शुक्रबार एक औपचारिक समारोह बीच बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गले विधिवत समुद्घाटन गरेका हुन् ।

बैंकले सेवाग्राहीहरुलाई सहज र सुरक्षित बैकिङ्घ सेवा प्रदान गर्न देशको सातै प्रदेशको ५९ स्थानमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले बैंक लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र प्रदेश ३ मा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरीने जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement