आँधीखोला लघुवित्त र घोडीघोडा लघुवित्तमा आईपीओ खुल्दै

Advertisement

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थामा प्राथमिक शेयर (आईपीओ)मा लगानीको अवसर खुला हुने भएको छ। नेपाल धितोपत्र बोर्डले पाँच करोड ३२ लाख ६० हजार रुपियाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्थालाई एक सय रुपियाँ अंकित दरमा ४ करोड रुपियाँ बराबरको बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति दिएको छ।

यसैगरि घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार बराबरको एक लाख ३२ हजार ६०० कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो।

घोडीघोडा लघुवित्तले भने सार्वजनिक निष्काशनको रेटिङ गराएको छैन । बोर्डको व्यवस्था बमोजिम तीन करोडभन्दा कम पूँजीको सार्वजनिक निष्काशन गर्ने कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ गर्नुपर्ने बाध्यता हुँदैन। सोही कारणले यस लघुवित्तले रेटिङ नगराएको हो।

आँधीखोला लघुवित्तले जारी पूँजीको ४० र घोडाघोडी लघुवित्तले ४८ प्रतिशत सार्वजनिक निष्काशन गर्न लागेको हो।

आँधीखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्ने साधारण सेयरलाई औसतभन्दा तल आधार जनाउने क्रेडिट रेटिङ दिइएको छ। रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको धितोपत्रलाई इक्रा एनएपि आईपिओ ग्रेड ४ ग्रेडिङ प्रदान गरेको छ।

स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमिटेड रहेको छ।

बोर्डबाट अनुमति पाएको ढिलोमा दुई महिना समयावधिभित्र दुबै कम्पनीले प्राथमिक सेयर जारी गर्नुपर्ने व्यवस्था भएकाले कम्पनीले छिटै नै आईपीओ खुलाउन पर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement