राष्ट्र बैंकले मंगलबार १२ अर्ब २८ करोडको ट्रेजरी बिल जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २८ करोड मूल्य बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार १२ अर्ब २८ करोडको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

यस अघि २०७६ असार ३ गते जारी भएको ८ अर्ब २३ करोड रुपियाँ बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ११ अर्ब ७७ करोड मूल्य बराबरको बिड परेको थियो । ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो दिन बजे हुनेछ ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार २८ दिनको लागि जारी हुन लागेको ३ अर्ब २५ करोड मूल्य बराबरको ट्रेजरी बिल २०७६ साउन ७ गते परिपक्व हुने जनाएको छ ।

त्यसैगरी, ४ अर्ब ५ करोड मूल्य बराबरको ९१ दिनको लागि जारी हुन लागेको  ट्रेजरी बिल २०७६ असोज ७ गते परिपक्व हुनेछ भने जारी हुन लागेको ५ अर्ब बराबरको १ सय ८२ दिनको लागिजारी हुन लागेको ट्रेजरी बिल २०७६ पुस ८ गते परिपक्व हुनेछ ।

Advertisement

Advertisement

Advertisement