संसदीय समिति बैठकमा लोकसेवाका सचिवमाथि जनार्दन शर्मा खनिए

Advertisement

काठमाडौं । लोकसेवा आयोगले नौ हजारभन्दा बढि कर्मचारी भर्नाका लागि गरेको विज्ञापन रद्द गर्नुपर्ने अडान राख्दै आएका सत्तारुढ दलका नेता जनार्दन शर्मा आयोगका सचिव यादव कोइरालामाथि खनिएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा आइतबार शर्मा सचिवमाथि खनिदै आक्रोस पोखे । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको भनाईलाई प्रट्याउन खोज्दा उनी सचिवमाथि खनिएका हु्न । शर्मा आक्रोसित हुँदै सचिवमाथि जाई लागेपछि समितिको बैठकमा केहीबेर तनाव भएको थियो ।

मन्त्री पण्डितको भनाईको गलत बुझाई भएको भन्दै यादवले प्रट्याउन खोजेपछि शर्मा एकाएक प्रतिकारमा उत्रिएका हुन् । समिति सदस्यहरुले ‘गलत बुझे’ भनेर सचिवले भन्न नमिल्ने उनको तर्क छ । सचिवले आफ्नो अधिकारभन्दा बाहिर गएर बोलेको भन्दै शर्मा आक्रोसित हुन थालेपछि समितिकी सभापति शशि श्रेष्ठले रुलिङ गरेकी थिइन् ।

त्यसपछि श्रेष्ठले सचिवलाई अर्को विषयमा प्रवेश गर्न ध्यानाकर्षण गराइन् । शर्माले भने, ‘गलत तरिकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले। त्यो भन्ने राईट छैन।’ संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५ को श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीको भनाईलाई समितिका सदस्यहरुले गलत बुझेको भन्दै प्रष्ट्याउन खोजेका थिए ।

Advertisement

Advertisement

Advertisement