साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

Advertisement

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज सेयर बजार परिसुचक नेप्से १० अंकले घटेर एक हजार २५४ कायम भएको छ भने ४८ करोड १८ लाख रुपियाँको सेयर कारोबार भएको छ ।

आज धेरै कारोबार गर्नेमा लक्ष्मी बैंक अगाडि छ । सो बैंकको चार करोड १० लाख रुपियाँको कारोबार भएको छ । आज अधिकांश समूहका उपसुचकहरु घटेका छन् । विकास बैंक, वित्त, सञ्चय कोष समूहका सुचकमा भने सामान्य सुधार भएको छ ।

आज धेरै नाफा गर्नेमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा धेरै खानेमा स्वदेशी लघुवित्तका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement