जनता बैंक र लिडरशिप एकेडेमीबीच क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । जनता बैंक र लिडरशिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र लिडरशिप एकेडेमी नेपालका फाउण्डर तथा सीटीओ अरुणराज जोशीले हस्ताक्षर गरेका हुन् ।

बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र लिडरशिप एकेडेमी नेपाल (एल्एएन)बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

लिडरशिप एकेडेमी नेपालले राईस युनिभर्सिटी विजनेश स्कुल युएस्एको उच्च स्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको सिप विकास, व्यवसायीक दक्षता तथा नेतृत्व विकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार विभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिपमुलक शिक्षा आनलाइन कोस, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ ।

लिडरशिप एकेडेमी नेपालले बिशेष गरी एड्भान्स लिडरशिप प्रोग्राम, अनलाइन राइस डेलिभरि, जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा व्यवसायीक कुशलता अभिवृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास बैंकले राखेको छ ।

Advertisement

Advertisement

Advertisement