गुगलको ट्याबलेट उत्पादन बन्द हुने

Advertisement

अमेरिका । अमेरिकी प्रविधि कम्पनी गुगलले आफ्नो ट्याबलेट उत्पादन रोक्ने निर्णय गरेको छ । गुगलका प्रवक्ताका अनुसार कम्पनीले सार्वजनिक हुन बाँकी दुई ट्याबलेटको उत्पादन रोक्ने निर्णय गरेको हो । ट्याबलेटको सट्टामा कम्पनीले आफ्नो ल्यापटप उत्पादनमा ध्यान दिने उनले बताएका छन् ।

गुगलको अपरेटिङ सिस्टम भने पिक्सेल ल्यापटप र अन्य ट्याबलेटमा जारी रहनेछ । कम्पनीका अनुसार हाल ट्याबलेट निर्माणको काम मात्र रोकिएको हो । यसका लागि आवश्यक सफ्टवेयर निर्माणको काम यथावत् हुनेछ ।

अहिले ट्याबलेट निर्माणको क्षेत्रमा काम गरिरहेका कर्मचारीलाई कम्पनीको ल्यापटप निर्माणमा खटाइएको छ । बाँकी सबैलाई भने एक महत्वपुर्ण कामको जिम्मा दिइएको उल्लेख छ । गुगलका अनुसार आगामी दिनमा सार्वजनिक गर्न लागिएका ट्याबलेट १२ दशलमव तीन इन्चको यसअघिको पिक्सलबुकभन्दा सानो थियो । यसअघि गुगलले गत अक्टोबरमा पिक्सलबुक ट्याबलेट सार्वजनिक गरेको थियो । गुगलले अहिले निर्माण गरिरहेको ट्याबलेटको गुणस्तर परीक्षण गर्दा कम्पनीको मापदण्डअनुसार नमिलेपछि उत्पादन बन्दको निर्णय गरिएको हो ।

गुगलले निर्माण गरेको ट्याबलेट उपभोक्ताबीच लोकप्रिय भने हुन सकेको छैन । सन् २०१५ मा गुगलले आफ्नो पहिलो ट्याबलेट पिक्सेल सी सार्वजनिक गरेको थियो । त्यसपछि पनि कम्पनीले केही ट्याबलेट सार्वजनिक गरेको थियो । तर स्थापित प्रविधि कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेसँगै कम्पनीले यस्तो निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement