विदेशी च्यालन बन्द गर्नेविरुद्ध सीआईबीमा उजुरी

Advertisement

काठमाडौं । टिभी च्यानल बन्द गर्ने इन्टरनेट तथा टेलिभिजन व्यवसायीविरुद्द उजुरी परेको छ । सरकारले लागू गर्न थालेको ‘क्लिन फीड’ नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबीमा उजुरी परेको हो ।

उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुुबिसु केवल नेटका प्रमुख सुधिर पराजुलीविरुद्ध सीआईबीमा उजुरी दिईएको हो ।

उनीहरुले सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेकाले मुलुकी ऐनको दफा ६८ अनुसार हदैसम्मको कारबाही माग गरिएको हो ।

दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन प्रदायक संघको नामबाट उपभोक्ताको अधिकार हनन भएको र विदेशी टिभी च्यानल बन्द गरेर अरबौँको नोक्सान गरेकोले उजुरी गरिएको पनि उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement