विवादित गुठी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत फिर्ता 

Advertisement

काठमाडौं । सरकारले विवादित गुठी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा फिर्ता लिएको छ । विधेयक फिर्ताका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारणमन्त्री पद्माकुमारी अर्यालले पेस गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।

योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा नै फिर्ता भएको छ । नेपालको संविधानको धारा १ सय १२ र राष्ट्रियसभा संञ्चालन नियमावलिको नियम १ सय १६ बमोजिम मन्त्री अर्यालले गुठी विधेयकलाई फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेको थिईन्।

यसअघि गुठी विधेयकको बारेमा चौतर्फी विरोध भएपछि मन्त्री अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिएकि थिईन् । विधेयक फिर्ताको प्रस्ताव पेस गर्दे मन्त्री अर्यालले सरकार जनताप्रति उत्तरदायी हुदै जनताको भावनाको कदर गरेर गुठी विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको बताईन् ।

विधेयक फिर्ता लिन माग गर्दै उत्पकाका गुठीयार र विपक्षी कांग्रेसले सडक आन्दोलन चर्काएपछि सरकारले असार ३ गते विधेयक फिर्ता लिने घोषणा गरेको थियो । घोषणाअनुसार आइतबार फिर्ता लिने औपचारिक प्रस्ताव संसदमा दर्ता गरेको थियो ।

संसदमा पेस भएको विधेयक बहुमतबाट मात्रै फिर्ता लिन सकिने प्रावधान छ ।

Advertisement

Advertisement

Advertisement