अर्थमन्त्री भन्छन्– नेपाल वायुसेवा निगममा बेथिति छ, तर हामीले भित्र्याएको होइन्

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगममा बेथिति सरकारले नभित्र्याएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्रीको कार्यालय र पर्यटन मन्त्रालय शीर्षकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन्।

अर्थमन्त्री खतिवडाले सरकारले धेरै यात्रु बोक्नकै लागि नेपाल वायुसेवा निगमका लागि दुई वाइडबडी जहाज भित्र्याएको बताउँदै गन्तब्यको खोजी भइरहेको बताए । ‘धरै यात्रु बोक्ने गरी वाइड बडी जहाज ल्याएका हौँ, उनले भने, लामो दुरीमा उडानका लागि प्रक्रिया अघि बढेका छन्। जापान र चीनमा उडाउन गन्तब्यको टुंगो लाग्दैछ।’

मन्त्री खतिवडाले नेपाल वायु सेवा निगमको बेथिति अहिलेको सरकारले नभित्र्याएको बताए । ‘एनएसीको बेथिति यो सरकारले भित्र्याएको होइन।’ तर हामी भागेका छैनौँ र भाग्दैनौँ पनि, उनले भने, राष्ट्रिय ध्वजावहाकले ऋण बोक्नुपरेको छ। त्यसको समाधानका लागि निगमलाई पुँजीकृत गर्दै लैजाने विकल्प खोज्दैछौँ।’ खतिवडाले सम्भव भएमा ऋणका अरु अवसर खोजिरहेको बताउदै व्यवसायिक पार्टनर पनि खोजिने जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement