पोखरा महानगरपालिकाको बजेट सात अर्ब ५४ लाख

Advertisement

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७को लागि सात अर्ब ५४ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ । मंगलबार महानगरपालिकाको पाँचौं नगरसभा बैठकका अवसरमा यो बजेट प्रस्तुत गरिएको हो ।

महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बजेटमा ४७ दशमलव ६५ प्रतिशत हिस्सा संघीय सरकारको अनुदान रहेको बताईन् । उनले संघीय सरकारले तीन अर्ब ३३ करोड ७८ लाख रुपियाँ अनुदान दिने प्रस्ताव बजेटमा रहेको बताईन् ।
त्यसैगरी गण्डकी प्रदेश सरकारले कूल बजेटको ६ दशमलव ८५ प्रतिशत अर्थात ४७ करोड ९६ लाख रुपैयाँ अनुदान दिने बजेटमा अनुमान गरिएको छ ।

पोखरा महानगरपालिकाले आन्तरिक स्रोत परिचालनबाट कूल बजेटको ४४ दशमलव आठ प्रतिशत अर्थात दुई अर्ब ५० करोड रुपियाँ प्राप्त गर्ने अनुमान गरेको छ ।

महानगरपालिकाले १० करोड रुपियाँ वैदेशिक अनुदानबाट र ३६ करोड ५० लाख जनसहभागिताबाट व्यर्होने लक्ष्य लिएको छ भने चालु वर्षमा खर्च हुन नसकी बाँकी रहने अनुमान गरिएको २२ करोड रुपियाँलाई पनि आगामी वर्षको बजेटमा लगिएको छ ।

Advertisement

Advertisement

Advertisement